देश

मनाङ एयरको सर्टिफिकेट नै निलम्बन



काठमाडौँ, २७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको सर्टिफिकेट नै निलम्बन गरेको छ। आज शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेटसमेत निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले शनिबार जारी गरेको सूचनामा मनाङ एयर प्रालिलाई अर्को सूचना जारी नहुँदासम्म निलम्बन गरिएको उल्लेख छ।

मनाङ एयरको ९ एनएएनजे कलसाइन भएको हेलिकप्टर ओखलढुंगाको रुम्जाटारबाट सोलुखुम्बु जाँदै गर्दा लोबुचे भन्ने ठाउँमा दुर्घटना भएको थियो। हाइ अल्टिच्युडमा रहेका यात्रु उद्धार गर्न शनिबार विहान ७ः१३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना हुँदा पाइलट पिके सेढाइँ घाइते भएका छन्।

दुई हेलिकप्टर रहेको मनाङको दुई वटै दुर्घटनामा परेपछि अब अर्को हेलिकप्टर ल्याए पनि तत्काल सञ्चालन अनुमति नदिने प्राधिकरणले जनाएको छ। यसअघि उसको हेलिकप्टर असार २६ मा दुर्घटनामा परेको थियो।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६