प्रदेश

लुम्बिनी सरकारले दसैँ यता पूर्णता पाउन मुस्किल



बुटवल, २७ असोज । लुम्बिनी प्रदेशमा मन्त्री परिषद्ले पूर्णता पाउनको दसैँ यता मुस्किल रहेको छ । लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री भएका थिए । नेकपा माओवादी केन्द्रसहित ८ दलका ५२ जना र एकजना स्वतन्त्र सांसदको समर्थनमा नियुक्त भएका उनले अझैसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

अहिले मन्त्रालय विभाजन गरेर माओवादी र नेपाली कांग्रेसका मन्त्रीहरू थप्ने विषयमा प्रयास गरेपनि विभिन्न राजनीतिक घटनाक्रमले सरकारले पूर्णता पाउने साइत टर्दै गएको छ । मन्त्रालय विभाजन गर्दा नेपाली काँग्रेस ३ र माओवादीले २ मन्त्री पाउने छन् । त्यसमा माओवादीले दीपेन्द्र पुन र कृष्णा केसी ‘नमूना’को नाम सिफारिस गरेको छ ।


माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले सरकार बिस्तारबारे प्रचण्डसँग सल्लाह गर्न माओवादी लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा काठमाडौँ गएको बताए । उनले केन्द्रमा नेताहरू सुरुमा कोशी प्रदेशको टुंगो लगाऔं अनि यतातिर ध्यान दिउँ भन्ने मनसाय रहेकोले केही दिन लम्बिएको बताए ।


नेपाली कांग्रेसका लुम्विनी प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले प्रचण्ड,शेरबहादुर देउवा लगायतका नेताहरूसँग सरसल्लाह गरेर सरकार विस्तारगर्ने तयारी भएको बताए ।


उनले लुम्बिनीमा दसैँअगावै मन्त्रीपरिषद्ले पूर्णता पाउने गरी प्रयास गरेको तर केन्द्रका नेताहरूको ध्यान कोशी प्रदेश सरकार बनाउनतिर रहेकाले समय लम्बिएको बताए ।


केही दिन अगाडी नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले मन्त्रालय नफुटाउन निर्देशन दिएपछि मन्त्रीपरिषद् विस्तारमा मुख्यमन्त्री चौधरी थप अन्यौलमा परेका थिए ।

लुम्बिनी प्रदेशका गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोष पाण्डेयले मन्त्रीपरिषद् विस्तारमा मुख्यमन्त्री लागि रहे पनि एकपछि अर्को राजनीतिक घटनाक्रमका कारणले ढिलाइ भएको बताए ।

अहिले मुख्यमन्त्री चौधरीले तीन वटा मन्त्रालय आफैँले सम्हाल्दै आएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बन्नेका लागि वीरबहादुर राना, प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की,अब्दुल रज्जाकले दौडधुप गरेका छन् ।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६