प्रदेश

राष्ट्रहाक्ने भिजन सहितको नेतृत्व केवल एमालेसंग मात्रछः नेता भट्टराई

एमाले कपिलवस्तुले बनायो अधिबेशन अघिको कार्ययोजना




कपिलवस्तु, २७ आश्विन ।नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले राष्ट्र हाक्ने सही भिजन सहितको नेतृत्व एमालेसंग मात्र भएको दावी गर्नु भएको छ । युवा नेता खिमलाल भट्टराईले जनताको जीवनस्तर परिवर्तन र राष्ट्रको समृद्धिका निम्ति बलियो शक्ति देशलाई आवश्यक रहेको चर्चा गर्दै लोकतन्त्रलाई बलियो बनाउन, राष्ट्रिय स्वाभिमान को रक्षा गर्न र समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य पुरा गर्न नेकपा (एमाले)को सरकार जरुरी रहेकोमा जोड दिनु भयो । युवा नेता भट्टराईले वर्तमान समस्याबाट देशलाई निकास दिन नेपाली कांग्रेस सच्चिन पर्ने तर्क गर्नु भयो । नेता भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको १२ औं पूर्ण वैठकलाई शनिवार सिद्धार्थ क्याम्पसको सभाहल, बुङचीमा सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।

नेकपा (एमाले) का पोलिट ब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले पार्टी भित्रको आन्तरिक स्वच्छ प्रतिस्पर्दाबाट पार्टी थप बलियो हुने तर्क गर्दै स्थानिय पार्टी बलियो बनाउनुपर्नेमा जोड दिनु भयो । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले सरकार जनताका समस्या समाधान भन्दा पनि सत्ता जोगाउने खेलमा लागेको तर्क गर्नु भयो ।

नेकपा (एमाले) का लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेलले मिसन चौरासी तर्फ लक्षित गर्दै पार्टी कार्यकर्तालाई आफ्नो जिम्मेवारी पुरा गर्दै पार्टी संगठन सृदृढ बनाउन आग्रह गर्नु भयो ।वैठकमा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले समिक्षात्मक प्रतिवेदन राख्दै पार्टी कार्यकर्तालाई उचित जिम्मेवारी प्रदान गर्ने बताउदै राजनीतिलाई सेवा भावका रुपमा लिन आग्रह गर्नु भयो।

वैठकमा नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, नेकपा (एमाले) का केन्द्रिय सदस्य एवम् कपिलवस्तु प्रितिनिधी सभा निर्वाचन क्षेत्र नं. १ का सदस्य बलराम अधिकारी, नेकपा (एमाले) का केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले मन्तब्य राख्नु भएको थियो ।वैठकले जिल्ला पार्टीको वार्षिक कार्ययोजनाको समिक्षा गरेको छ । वैठकले जनतासंग जनप्रतिनिधी कार्यक्रमलाई कात्तिक २० भित्र जिल्ला ब्यापी रुपमा सम्पन्न गर्ने, जिल्ला स्तरीय शुभकामना आद्रान प्रदान तथा चियापान कार्यक्रम कात्तिक २५ गते आयोजना गर्ने र शुभकामना आद्रान प्रदान कार्यक्रम वडा स्तर सम्म आयोजना गर्ने, जनसंगठन संयन्त्र वैठक कात्तिक १७ र १८ गते सम्पन्न गर्ने, जिल्ला सल्लाहकार वैठक कात्तिक १६ गते सम्पन्न गर्ने निर्णय गरेको छ ।

वैठकले कात्तिक १५ गते जनप्रतिनिधी सहित जिल्ला स्तरीय विकास निर्माणका सवालमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, कात्तिक २१ र २२ गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय गरेको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले बताउनु भयो । वैठकले १० औं जिल्ला अधिवेशनको मिति तयका निम्ति जिल्ला सचिवालयलाई अख्तियारी प्रदान गरेको एमाले जिल्ला उपसचिव शुसिला दरलामीले जानकारी दिनु भयो । सम्पन्न वैठकले नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीमा निर्वाचितलाई बधाई ज्ञापन गरेको छ । वैठकमा पालिका कमिटीका अध्यक्ष, जनवर्गिय संगठनका इन्चार्जहरुले पाटीै कामको सक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका थिए ।वैठकले अध्ययनका निम्ति इजरायल पुगेका १० जना नेपाली विद्यार्थी प्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ ।

यस्तै वैठकले पार्टीका केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तका भाई सुकेश कुमार श्रीवास्तव, पार्टी जिल्ला सचिवालय सदस्य विश्व कार्कीकी पूजनीय माता सेल्टरदाता रुघी कुमारी कार्की जिल्ला सल्लाहकार बुद्धिराज आचार्यकी ममतामयी माता सेल्टर दाता मनकला आचार्यको दुखद् निधन प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ ।वैठकमा नेकपा (एमाले) का केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेताहरु झविलाल पोख्रेल, जंजिर प्रसाद थारु, खुम प्रसाद आचार्य, धर्मराज भुसाल, धर्मलाल श्रीवास्तव, बाबुराम खनाल, द्रोणराज सुवेदी, सफर अलिमिया, डम्मर शर्मा चापागाई, शारदा शर्मा, मेराज खाँ., धनु अधिकारी, प्रशान्त आचार्य, विमला चौधरी,लाल बहादुर सुनार,जगदिश प्रसाद गुप्ता, लक्ष्मी सारु मगर, चन्द्रकला भट्टराई लगायतका नेताहरुको आतिथ्यता रहेको एमाले कपिलवस्तुले जनाएको छ ।जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत मन्तब्य, जिल्ला सचिव सिवि गहतराजको संचालनमा वैठक सम्पन्न भएको नेकपा एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : २७ आश्विन २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६