कपिलवस्तु २७ असोज । प्रतिनिधी सभा सांसद बलराम अधिकारीले बुद्धआवाज रेडियो, टेलिभिजन प्रदेशमै उत्कृष्ट संचार गृह रहेको बताउनुभएको छ । देश विकास , सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई अगाडी बढाउन संचार जगतको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्दै उहाले गुणस्तरिय समाचार सम्प्रेषणमा ध्यानदिनुपर्ने बताउनुभयो । कपिलबस्तु संचार सहकारीको १५ औ बार्षिक साधारण सभा तथा विजया दशमी, दिपावली २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले यस्तो बताउनुभएको हो ।यस्तै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले संचार क्षेत्र बलियो भए लोकतन्त्र पनि बलियो हुने बताउदै खुला समाज, आधुनिक समाज र लोकतन्त्रका लागि संचारक्षेत्रको योगदान महत्वपुण रहेको बताउनुभयो ।
यस्तै उहाले कपिलबस्तुको कृषि अर्थ व्यवस्थालाई बलियो बनाउन बाणगंगा जलाशय परियोजनाको लागि चालु आर्थिक बर्षका लागि प्रदेशले बजेट विनियोजन गरेको बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कपिलबस्तु का प्रमुख तथा संस्थाका सल्लाहकार बाबुराम आचार्यले संस्थाको प्रसारण क्षमतालाई सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।यस्तै वाणगंगा नगरपालिका का मेयर तथा संस्थाका सल्लाहकार चक्रपाणी अर्यालले समाज रुपान्तरणमा संचार जगतको महत्वपुर्ण योगदान हुने औल्या उनुभयो । उहाँले बुद्धआवाज प्रदेशकै अग्रणी संस्था भएको बताउदै आम नागरिकमा सुसुचित गर्ने र अधिकार प्रत्याभुति गर्न अगाडी बढेको भनेर प्रशंसा समेत गर्नु भयो ।यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशसरण चौधरीले सञ्चार भनेको देशको ऐना भएको बताउदै समाजका राम्रा नराम्रा पक्षलाई झल्काउन सक्नु पर्ने बताउनु भयो । साथै उहाँले जिल्लामा अरु सञ्चार संस्था भन्दा बुद्ध आवाज फरक पहिचान बोकेको संस्था भएको बताउदै संस्था सँग सधै सहकार्य गर्ने बताउनु भयो ।कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा वर्तमान सल्लाकार पोमनारण पौडेलले समेत शुभकामना दिनुभएको थियो ।
यसैविच लुम्बिनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएकोमा संचार सहकारी संस्थाका महासचिव सरोज खनाललाई सोही कार्यक्रममा दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष मित्रलाल शर्मालले आगामी वर्षको कार्ययोजना, महासचिव सरोज खनालले संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरि प्रसाद पौडेलले आर्थिक प्रतिवेदन , लेखा सुपरिवेक्षण समिती सदस्य मोहन पन्थीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षता , बरिष्ठ उपाध्यक्ष राजेश ज्ञवालीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सर्बेन्द्र देव खनालले गर्नुभएको थियो । संस्थाका व्यवस्थापक भेषराज पाण्डेले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । २ सय ८३ शेयर सदस्य मध्ये १ सय ५० बढीको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया