अर्थ-वाणिज्य

जनताका समस्या र गुनासो सुन्दै गाउँगाउँमा एकैसाथ ३ तहका जनप्रतिनिधी



कपिलवस्तु २८ असार।नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीले गाउँ गाउँमा पुगेर जनताको समस्या र गुनासो सुन्दै आफुहरुले गरेका कामहरु र विकासका प्राथमिकताबारे छलफल गरेका छन् । नेकपा एमाले वाणगंगा नगर कमिटिको आयोजनामा संचालित १ महिने जनतासंग जनप्रतिनिधी अभियान अन्तरगत आज वाणगंगा नगरपालिकाको वडा न. ११ का विभिन्न गाउँमा पुगेर जनतासंग भेटघाट र अन्तरकृया गरेका हुन् । वाणगंगा नगरपालिकाको वडा नम्बर ११ को बरवा, भड्ढिहवा र ओदारीमा आयोजीत जनतासंग जनप्रतिनिधी कार्यक्रममा टोलवासीले आफुहरुले सोचे अनुसारको कामहरु हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले बाटोघाटो, सडक विस्तार, सिंचाई, मलखाद, विद्युत, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । अव ठुला दलहरुले यहि अवस्थामा रहेर जनताको काम नगरे आउदो निर्वाचनमा ठुलो चुनौती व्यहोर्नु पर्ने बताउदै प्रदेशको औचित्य माथि सवैले प्रश्न उठाउनुपर्ने स्थानीय लक्ष्मण कडेलले बताउनुभयो ।
टोलवासीले निर्वाचनका बेला गरेका बाचाहरु नेताहरुले पुरा नगरेको बताउदै गाउँघरका ससाना देखि ठुला समस्याहरु यथावत रहेको गुनासो पोखेका थिए । कार्यक्रममा चुनाव जितेर गएपछि पनि गाउँघरका समस्या बुझन र जनतासंग प्रत्यक्ष भेटेर जनताको भावना र विचार सुन्न गाउँघरमा आएको नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले बताउनुभयो ।कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समग्रमा नगरको विकास र रुपान्तरणमा आफुले धेरै काम गरेको बताउनुभयो । नगरवासीका मुख्य समस्या र विकासका प्राथमिकतालाई वार्षिक योजनामा समेटेर कामहरु भइरहेको अर्यालले जानकारी दिनुभयो । हिजो र आजको अवस्थामा नगरमा धेरै परिवर्तन आएको छ, नगर प्रमुख अर्यालले भन्नुभया जनताको आधारभूत आवश्यकतालाई पुरा गर्नेगरी विकासका कामले गति लिएको छ । उहाँले वाँकी अवधीमा समृद्धी तर्फ नगरपालिकाले ठुलो फड्को मार्ने बताउनभयो ।
सोही अवसरमा प्रदेश सभा सदस्य विष्णु पन्थीले दिनहुँजसो जनताको काममा आफु खटिरहेको बताउदै जनताको आवश्यकताहरु क्रमश पुराहुने बताउनुभयो । जनताको आकांक्षा ठुलो भएकाले पनि समस्या आएको बताउदै सांसद पन्थीले सिमित श्रोत साधनका कारण प्राथमिकता र आवश्यकताका आधारमा विकास निर्माणलाई प्रदेश सरकारले अघि बढाउने बताउनुभयो । वाणगंगा ११ मा प्रदेश सरकारबाट कोभिड जस्तो संकटको अवस्थामा पनि गएको कार्यकाल र चालु आर्थिक वर्षमा मुख्य मुख्य योजना र कार्यक्रमलाई समावेश गरी नयाँ काम गरेको सांसद पन्थीले बताउनुभयो ।त्यस्तै प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले कपिलवस्तुका समस्या समाधानबारे संसदमा नियमित आवाज उठाएको बताउनुभयो ।

सांसद अधिकारीले जनताका पिरमर्कालाई नीतिगत रुपमा सम्वोधन गर्न आफुले महत्वपूर्ण भूमिका खेलको बताउदै सदैव यहाँका जनताको समस्यामा आफु निरन्तर लागिरहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले हाम्रा जनप्रतिनिधी सदैव जनताको साथमा रहेको र जनताको आवश्यकता र समस्या सम्वोधन गर्न सदैव तत्पर रहेको बताउनुभयो । उहाँले निर्वाचन जितेर गाउँ फर्कदैनन् भन्ने परिस्थिती आउन नदिने र जनतासंग सहकार्य गरी अघि बढ्ने समेत बताउनुभयो ।
एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले कार्यक्रमको औचित्य र उदेश्य प्रष्टाउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष विश्राम प्रसाद थारु, जिल्ला सचिवालय सदस्य भेषराज पाण्डे , जिल्ला सचिवालय सदस्य सोमनाथ अर्याल, वाणगंगा नगर अध्यक्ष युवराज पोखरेल, स्थानीय नेता चेतनारायण ढकालले लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २८ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६