ब्रेकिंग न्युज

महेन्द्र मावि कोपवामा गरियो मानसिक स्वास्थ्य सचेतना कार्यक्रम



कपिलवस्तु, २९ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ५ स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तनुश्री भण्डारीको अध्यक्षतासहित शिक्षक बालकृष्ण बेल्वासेको स्वागत र वडा नम्बर ५ का वडा सदस्य ज्ञानु कार्कीको प्रमूख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल, लुम्बिनी प्रदेश कन्सल्ट्यान्ट प्रध्यापक चन्द्रकला शर्माले प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालय, अन्नपूर्ण विद्या मन्दिर कोपवा, ज्ञानज्योति शिक्षा सदन र श्री माध्यामिक विद्यालय झण्डाका ४० जना शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मानसिक स्वास्थ्यको परिचय, किशोर किशोरीमा देखिएका मानसिक समस्या, डिप्रेसन, निराशापन, दिक्दारीपन तथा प्रमुख रूपमा आत्महत्याका विषयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम शिक्षक बिमल आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २९ आश्विन २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६