प्रदेश

मामाको स्मृतिमा भाट द्वारा विद्यालयमा रङ्गरोगन



अर्घाखाँची, ०४ कार्तिक

अर्घाखाँची भूमिकास्थान नगरपालिका–३ स्थित श्री शंकर जनसेवा आधारभूत बिधालयमा मामाको स्मृतिमा रङ्ग रोगन कार्य सम्पन्न भएको छ।

भूमिकास्थान नगरपालिका–३ (साविक धारापानी ९) निवासी स्व. चन्द्र बहादुर बन्जाडेको स्मृतिमा बाणगङ्गा नगरपालिका–४ निवासी माधव भाट क्षेत्रीले मामाको सम्झनामा रंगरोगन गरेका हुन ।


मामाले बाल्यकालमा अफ्ठ्यारो परिस्थितिमा हेरचाह र महत्त्वपूर्ण सहयोग गरेकाले मामाको योगदानको स्मरण गर्दै विद्याको पाठशालामा रंगरोगन गरिदिएको बताए ।


विद्यालयका प्रधानध्यापक शालिकराम खनालले मामाको स्मृतिमा भाटले विद्यालयका लागि गरेको सहयोगले विद्यालय दसैं आए जस्तै भएको बताए । यस अघि सिद्धार्थ आधारभुत बिधालयमा गत वर्ष भाटले रंगरोगका लागि सौजन्य गरेका थिए ।


कपिलवस्तुका विभिन्न सामाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भुमिमा निर्वाह गरिरहनु भयका सक्रिय सामाजिक ब्यक्तित्व रोटरी क्लब अफ कपिलवस्तु मिड टाउनका पूर्व अध्यक्ष रहेका भाटले सामाजिक क्षेत्रमा विभिन्न सहयोगहरु गदै आएका छन् ।

भाटले भने हाम्रो सनातन संस्कृतिले सिकाएको कुरा पनि त्यही हो कि जुन कामले सबैको हित गर्छ त्यही नै परोपकार र धर्म हो आफू मामाको सानिध्यतामा हुर्किएकोले मामाको अगाध मायाले भोलीका कर्णधार बस्ने बिधालय चिटिक्क पारी दिन विद्यालयले प्रस्ताव गरेकोले उक्त प्रस्ताव अनुसार विद्यालयमा रंगरोगन गरी दिएको बताए ।

प्रकाशित : ४ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६