देश

भूकम्पका कारण २० घर भत्किए



धादिङ, ०५ कार्तिक। आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका(५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्री बताए ।

पटक-पटक चार रिक्टर स्केलभन्दा माथिका भूकम्पका परकम्पहरू गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण सङ्कलन जारी रहेको बताए । धादिङको साबिक खरी गाविस केन्द्रविन्दू भई आज बिहान छ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो ।

प्रकाशित : ५ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६