प्रदेश

मूर्ति विसर्जनका क्रममा बेपत्ता भएका युवकको शव फेला पर्‍यो



रुपन्देही, ०९ कात्तिक । दुर्गा मूर्ति विसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । रुपन्देहीको मर्चवारमा अस्ति मङ्गलवार दुर्गा मूर्ति विसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।

रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा रहेको तिनाउ र दानव नदी सीमाको मुहानमा डुबेर कोटहीमाई– १ का २० वर्षीय युवा सन्तकुमार राजभर बेपत्ता भएका थिए । राजभरको शव आज भेटिएको हो । दुर्घटनामा परेर स्थानीय २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको ज्यान गएको थियो ।

त्यस ठाउँका स्थानीयले स्थापना गरेको दुर्गा मूर्ति विसर्जन गर्न बडादशैँका दिन ती युवा नदी किनारमा पुगेका थिए । खोजीका क्रममा आज अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६