देश

मुगुमा एकै परिवारका चारजनाको शव फेला, हत्याको आशंका



काठमाण्डौ, १० कात्तिक । मुगुको छाँयानाथरारा नगरपालिका वडा नम्बर ६ मन्दमा एकै परिवारको चारजनाको शव फेला परेको छ । श्रीदवी बोहरा र उहाँका तीन जना छोराछोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

अहिले आफू पनि घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको उहाँले बताउनुभयो । ज्यान गुमाउनेहरुमा २८ वर्षकी श्रीदेवी उहाँका ११ वर्षका छोरा मनोज, आठ वर्षकी छोरी अप्सरा र आठ महिनाका छोरा रहरको शव फेला परेको हो । श्री देवीका श्रीमान् दिपक बोहरा भने वैदेशिक रोजगारीका लागि कतारमा रहनुभएको छ । डिएसपी थापाले हत्याको आशंका रहेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रकाशित : १० कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६