देश

इजरायल–हमास युद्ध रोक्ने पक्षमा नेपालको मतदान



काठमाण्डौ, ११ कात्र्तिक । नेपालले इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको इजरायल–हमास युद्ध रोक्ने प्रस्तावको पक्षमा मतदान गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले गाजामा तत्काल दिगो मानवीय युद्धविरामको माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित एक सय २० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ४५ देश मतदानमा सहभागी भएनन् । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ ।

बैठकमा सहभागी इजरायलका राजदूत गिलाड एर्डनले इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै हमासको अत्याचार सहेर नबस्ने बताउनुभएको कतारी सञ्चारमाध्ययम अलजजिराले जनाएको छ ।

प्रकाशित : ११ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६