प्रदेश

दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै



दाङ, १२ कात्तिक। दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो ।

दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान ९डिडिसी० ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।

जिल्लामा राजपुर दुधका लागि पकेट क्षेत्र भएको केन्द्रका प्रमुख सुधाम भट्ट बताउनुहुन्छ । भैँसी स्रोत केन्द्रका रूपमा रहेको राजपुरलाई आधुनिकीकरण गर्दै लग्न सके जिल्लामा प्रशस्त मात्रामा दुध उत्पादन गर्न सकिने केन्द्रका प्रमुख भट्ट बताउनुहुन्छ । कार्यालय प्रमुख भट्टले भन्नुभयो, “जिल्लामा राजपुर भैँसी स्रोत केन्द्रका रूपमा रहे पनि त्यहाँका अधिकांश किसानले परम्परागत रूपमै भैँसी पाल्ने गरेका छन् ।”

दाङको देउखुरी क्षेत्रमा राजपुर गाउँपालिकासँगै राप्ती गाउँपालिका, गढवा र लमहीका विभिन्न क्षेत्रमा दुधका लागि किसानले गाई तथा भैँसी पाल्ने गरेका छन् । त्यसै गरी दाङ उपत्यका अन्तर्गत तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर गाउँपालिकासँगै घोराहीका केही ठाउँमा दुधका राम्रा ठाउँ रहेको प्रमुख भट्टले बताउनुभयो ।

लमहीका किसान हरि केसीका अनुसार पछिल्लो समयमा दुध उत्पादनका आधारमा दुई रुपियाँ प्रतिलिटर अनुदान दिन थापेपछि थप सहयोग मिलेको छ । दुध बिक्रीका लागि समस्या छैन । उत्पादन गर्न सकेको दुध बिक्री भइरहेको बताउँदै उहाँले किसानलाई घाँसको समस्या हुने गरेको बताउनुभयो । आर्थिक वर्ष २०७९र८० मा जिल्लामा वार्षिक ४४ हजार चार सय एक मेट्रिक टन दुध उत्पादन भएको छ । जसमा गाईको ३२ हजार १३ मेट्रिक टन र भैँसीको १२ हजार ४०६ मेट्रिक टन दुध उत्पादन भएको थियो ।

दुधमा ४३ लाख अनुदान

यसैबिच प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत किसानले दुधमा ४३ लाखभन्दा बढी अनुदान प्राप्त गरेका छन् । आव २०७८÷७९ को रेकर्ड अनुसार जिल्लामा ४३ लाख ९९ हजार दुई सय रुपियाँ किसानले अनुदान प्राप्त गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । घोराही, तुलसीपुर, लमही, शान्तिनगर र राप्ती गाउँपालिकामा रहेका सात वटा सहकारी संस्थामार्फत किसानलाई प्रतिलिटर दुई रुपियाँका दरले उक्त रकम वितरण गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६