प्रदेश

युनिभर्सल मेडिकल कलेजमा विद्यार्थी १५ दिनदेखि अनसनमा, प्रिन्सिपलको राजीनामा मुख्य शर्त



बुटवल, १२ कात्तिक ।

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स ९युसिएमएस० एण्ड टिचिङ हस्पिटलमा विद्यार्थीको अनसन आज १५ औं दिनमा जारी छ । विद्यार्थी आन्दोलनले अस्पतालमा पठनपाठन र उपचार सेवा पूर्णरुपमा बन्द भएको छ । कलेज प्रशासनले आन्दोलनरत विद्यार्थीका सबै माग सम्बोधन गर्न तयार रहेपनि प्रिनिसपलको राजीनामाको षियले सहमति जुट्न सकेको छैन । विद्यार्थीहरुले प्रिन्सिपल प्रा।डा लक्ष्मी पाठकको राजीनामालाई पहिलो शर्त बनाएपछि सहमति जुट्न नसेकेको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले बताए ।

‘विद्यार्थीले उठाएका सबै माग सम्बोधन गर्न कलेज तयार भएको छ तर प्रिन्सिपलको राजीनामाको निर्णय हामीले गर्न मिल्दैन–गुरुङले भने । आवासीय चिकित्सकहरुले समेत विद्यार्थीको आन्दोलनमा समर्थन जनाउंदै विरामीको उपचार नगर्दा विरामीहरु उपचार सेवाबाट बञ्चित भएका छन् ।

प्रिन्सिपलमा नियुक्त भएर आएपछि डा। पाठकले एमबीबीएस तेस्रो, चौथो र पाँचौँ वर्ष तथा इन्टर्नसिप गर्ने विद्यार्थीहरूका लागि नयाँ ड्रेसकोड लागू गरेकी थिइन् । विद्यार्थीहरूले उक्त ड्रेसकोड मान्य नहुने भन्दै विरोध जनाएका थिए । पाठकले सबै विद्यार्थीहरूका लागि पाइन्ट र सर्टको व्यवस्था गरेकी थिइन् । तर, महिला विद्यार्थीहरूले लामो समयसम्म पाइन्ट र सर्ट लगाएर इन्टर्न गर्न नसकिने भन्दै विरोध जनाएका थिए । त्यसरी विरोध जनाउने अन्तिम वर्षका विद्यार्थीहरूलाई परीक्षामा समेत रोक लगाएको विद्यार्थीहरूको भनाइ छ ।

चौथो वर्ष एमबीबीएसमा अध्ययनरत छात्र छात्राहरूलाई मात्र १ वर्षको लागि लागू हुने गरी नयाँ ड्रेसको नियम लागू भएको हो । शुरूमा सामान्य जस्तै देखिएको यो विषय पछि गएर विद्यार्थीहरूले पाठकको नै राजीनामा माग्न थालेका थिए ।

उनीहरूले प्रिन्सिपलले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड लागु नगरी पहिलेको जस्तै यथावत राख्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग गर्दै एक सातादेखि आन्दोलनरत छन् ।

तर पछिल्लो समय प्रिन्सिपलको राजीनामालाई बटमलाइन बनाएका छन् । एमबीबीएस र बीडीएस अन्ययनरत करिब ६ सय विद्यार्थीको आन्दोलनमा आवासीय चिकित्सकले समेत समर्थन जनाएका हुन् ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६