प्रदेश

तानसेनमा ७ जना जुवाडे पक्राउ



पाल्पा, १२ कात्तिक ।

पाल्पा जिल्लाको तानसेनबाट नगद रकमसहित ७ जुवाडे पक्राउ परेका छन् । शनिवार साँझ तानसेन नगरपालिका–२ बडिज्ञाटोलस्थित एक घरबाट ९२ हजार भन्दा बढी नगदसहित ७ जुवाडे पक्राउ परेका हुन् ।

जिल्ला कार्यालय पाल्पाबाट प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठको नेतृत्वमा खटेको प्रहरी टोलीले बडीज्ञान टोलस्थित एक घरको कोठाबाट जुवाडेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ९२ हजार ४ सय २५ रकम बरामद गरेको छ ।

प्रहरीले लामो समयदेखि जुवाखाल सञ्चालन भइरहेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा कोठाभित्र जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ सय २५ पत्ति तास पनि फेला पारेको छ । जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६