प्रदेश

अर्थतन्त्र सुधार्न कृषिमै परिवर्तन आवश्यक छः पूर्व मन्त्री खनाल



कपिलवस्तु, १३ कार्तिक ।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत  नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) कपिलवस्तुद्वारा नेपालीहरूका सांस्कृतिक पर्व बडा दशैँ, दिपावली, छठ,  नेपाल सम्वत् लगायतको शुभ अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा बोल्दै पूर्व कृषि मन्त्री चक्रपाणि खनाल ( बलदेव ) ले हाल अन्तर्राष्ट्रिय स्तरमा मन्दी रहेको हुँदा नेपालमा समेत मन्दी देखिएको बताएका छन् । उनले नेपालको आर्थिक अवस्था सुधार्न कृषि, शिक्षामा विशेष जोड दिनु पर्ने र विदेशबाट आएको रेमिटेन्सको उचित सदुपयोग गर्नु पर्ने धारणा समेत व्यक्त गरेका छन् । 

उक्त कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ( अथक ), नेकपा एमाले, जसपा, राप्रपा, रास्वपा लगायत पार्टीका नेता तथा प्रतिनिधि उपस्थित रहेका थिए । उक्त कार्यालय कपिलवस्तु नगरपालिकाको सभा हलमा नेकपा माओवादीका जिल्ला संयोजक विष्णु बेलबासेको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन नेकपा माओवादी जिल्ला सचिव हजरत अलिले गरेका थिए ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६