डिलाराम भुसाल
कपिलबस्तु, १३ कार्तिक ।
कपिलवस्तुका समाजसेवि प्रेम नारायण पौडेललाई पत्नी सोक परेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ८ चप्परगाउ निवासी पौडेलकी धर्म पत्नी सुमित्रा पौडेलको कार्तिक १० गते ग्रान्डी इन्टरनेश्नल अस्पतालमा काठमाण्डौमा उपचारका क्रममा ५८ बर्षको उमेरमा निधन भएको हो ।
करिव १ बर्ष देखि पेटको समस्या ले विरामी भई काठमान्डौमा उपचार ग्रर्दे आउनु भएको थियो । पौडेल को जन्म २०२२ बैशाख १ गते दाङ्गको घोराही उप महानगरपालिका रामपुरमा पिता डण्डिराम पाण्डे, माता बिष्णु देबि पाण्डेको कोखबाट जन्म लिनु भएकी पौडेल बिभिन्न संघ सस्था संगै राजनितीमा आबद्ध रहदै आनु भएको थियो भने रेडियो वाणगंगा ९०.६ मेगाहर्जकी आजीवन सदस्य र संस्थापक कार्य समिती सदस्य, तथा नेपाल महिला संघ जिल्ला कार्यसमिति कपिलवस्तुको सदस्य , नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रिय प्रतिनिधि, कपिलवस्तु समाज, काठमाण्डौको आजीवन सदस्य , नेपाल शिक्षक संघ कपिलवस्तु सदस्यमा आबद्ध रहदै आएता पनि उहाँको मुख्य पेशाको शिक्षण रहेको थियो उहाँ २०४१ साल देखि २०७८ साल सम्म शिक्षण पेशामा लामो समय देखि कार्यरत रहदै आउनु भएकी पौडेलको हिज आईतवारका दिन उहाँको अन्तिम दाहासंस्कार पशुपती आर्यघाटमा उहाँकी कान्छी सुपुत्री अनुजा पौडेल दिनु भएको थियो ।
भने नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं वरिष्ठ नेता शेखर कोईराला, तथा नेपाली कांग्रेस लुम्विनी प्रदेश प्रमुख अमर सिंह पुन द्वारा पार्टीको झण्डा ओढाई सम्मान व्यक्त गरिएको थियो ।
दाहा संस्कार कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रबिधि मन्त्री माननीय रेखा शर्मा, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारी, संविधान सभा सदस्य एवंम् पूर्व मन्त्री शान्ता मानवी, संविधान सभा सदस्य एवंम् सांसद (कपिलवस्तु क्षेत्र नं. १का माननीय बलराम अधिकारी, पूर्व प्रदेश सभा सदस्य एवंम् पूर्व अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्का , ईष्टमित्र, आफन्तजन लगायत कपिलवस्तु समाज, काठमाण्डौंका पदाधिकारी तथा कृषी बिकास बैंकका बर्तमान तथा निवर्तमान कर्मचारीह?को उपस्थिती रहेको थियो ।
पौडेलको सोक प्रति जिल्लाका बिभिन्न संघ संस्था तथा जनसमुदायले असामयिक निधन प्रति दुख व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तीको कामना सहित सोकाकुल परिवार जनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुर्ने भन्दै हार्दिक समबेदना प्रकट गरेका छन् ।








प्रतिक्रिया