देश

नेपाल शान्तिको प्रवर्द्धक हो, विश्वले सिक्नुपर्छ: महासचिव गुटरेस



काठमाडौँ, १४ कात्तिक ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाल द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा प्रशंसा गर्दै नेपाललाई शान्तिको प्रबद्र्धकको संज्ञा दिएका छन् । उनले नेपालबाट विश्वले धेरै कुरा सिक्न सक्ने बताएका हुन् ।

उनले भने, ‘ नेपाल शान्तिको प्रवर्द्धन हो । बहुलताको च्याम्पियन र दिगो विकासको समर्थक हो । दुई विशाल राष्ट्रबिचमा भएर पनि आफ्नो सार्वभौमिकता र स्वतन्त्रता बचाउन आफ्नो बाटो लिएको छ ।’

संसद्‍मा महासचिव गुटरेस: नेपालबाट धेरै कुरा सिकेर जाँदैछु

उनले नेपालको पछिल्लो २० वर्षको यात्राको पनि प्रशंसा गरे । ‘तपाईंहरुको पछिल्लो २० वर्षको यात्रा अद्भुत छ । नयाँ गणतन्त्र, यूएन चार्टरको मर्म बोकेको नयाँ संविधान र दिगो विकासको लक्ष्यमा प्रगति गरिरहेको यात्रा । कठिन समयका बिचमा पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढेकोमा समर्थन गर्न राष्ट्रसंघलाई गर्व लागेको छ । नेपाल रोकिएको छैन, तपाईंहरु गतिशील विकासमा अघि बढिरहनु भएको छ । तपाईंहरु कम विकसित राष्ट्रबाट माथि उठ्ने पक्का छ । यसमा तपाईंहरुलाई सहयोग गर्न राष्ट्रसंघ तयार छ ।’

उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिने काम भइरहेको विषयमा चर्चा गर्दै सङ्क्रमणकालीन न्याय भन्ने विषय जटिल भएको जिकिर गरे । उनले पीडितलाई केन्द्रमा राखेर यसलाई विस्तृत र समावेशी बनाउन सुझाव दिए । न्यायको सिद्धान्तमा आधारित भएर मानवअधिकारको हनन भएका घटनालाई सम्बोधन गर्नुपर्ने उनले बताए । यसलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले जनाए ।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६