प्रदेश

दाङका तीन पालिकाले गरे प्लास्टिकका फूलमाला प्रयोग निशेध



दाङ १५ कार्तिक । । दाङका तीन पालिकाले तिहारको समयमा प्लास्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन्।तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकापछि मंगलबार राप्ती गाउँपालिकाले प्लास्टिकजन्य माला प्रयोग नगर्न अपिल जारी गरेको हो।राप्तीले प्राकृतिक फूलमालाको उपलब्धता सहज होस् भनेर आफ्नो क्षेत्रभित्र फूल खेती गरेका किसानको नाम, ठेगाना र सम्पर्क फोन नम्बर पनि सार्वजनिक गरेको छ।लुम्बिनी प्रदेशको राजधानीको केन्द्र भाग राप्ती गाउँपालिकाले गत असार १९ गते नै आफ्नो क्षेत्रभित्र खादा, प्लास्टिकजन्य माला, रबर, कोल्ड ड्रिंक्स, जंक फुड प्रयोग नगर्न र त्यस्ता वस्तुको सट्टामा स्थानीय उत्पादन प्रवर्द्धन गर्ने खाले वस्तु प्रयोग गर्न आग्रह गरेको थियो।

खादाको सट्टा प्राकृतिक फूल वा माला, कोल्ड ड्रिंक्सको साटो दूध, दही, मोही, प्लास्टिकका प्लेट, थाल, चम्चा प्रयोग गर्नुको सट्टा साल, मालु आदिबाट निर्मित टपरी वा दुना प्रयोग गर्न आग्रह गरेको थियो।यो कुरा फेरि स्मरण गराउँदै राप्ती गाउँपालिकाले मंगलबार तिहारको समयमा प्राकृतिक रूपमा उपलब्ध हुने फूलमाला प्रयोग गर्न अपिल गरेको हो।तुलसीपुर उपमहानगर र लमही नगरले यसअघि नै प्राकृतिक फूलमाला प्रयोग गर्न तथा प्लास्टिकजन्य नक्कली माला प्रयोग नगर्न आग्रह गरिसकेका छन्।जिल्लाका ति पालिकामध्ये तुलसीपुरले असोज २३ गते त्यस्तो निर्णय सार्वजनिक गरेको थियो।

उसले प्लास्टिकजन्य फूलमाला बिक्री(वितरण तथा भण्डारण गर्नेलाई कारबाहीसमेत गर्दै आएको छ। बजार अनुगमन गरी यस्ता सामान जफत पनि गर्दै आएको छ। यसले गर्दा अघिल्ला वर्षहरूमा जस्तो प्लास्टिक फूलमाला बजारमा देखिएका छैनन्।तुलसीपुरपछि आइतरबार मात्रै लमहीले अपिल जारी गरेको थियो। स्थानीय सरकारको समर्थन पाएपछि फूल खेती गर्दै आएका किसान खुसी भएका छन्।

प्रकाशित : १४ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६