देश

एमालेको चाडपर्व लक्षित चियापान आज,प्रधानमन्त्रीदेखि सर्वसाधारणलाई निम्तो



काठमाण्डौ । नेकपा एमालेले आज चाडपर्व लक्षित चियापान कार्यक्रमको आयोजना गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट नेपालीको महान् चाड बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको अवसरमा निर्धारण गरिएको चियापान कार्यक्रम आज आयोजना गर्न लागेको हो।

चियापान कार्यक्रम पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा १२ः १५ बजे सुरु हुने जनाइएको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, संवैधानिक निकायका प्रमुखहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको छ। चियापान कार्यक्रममा सर्वसाधारणलाई पनि उपस्थित हुन भनिएको छ।

यसअघि हिजोका लागि तय भएको चियापान कार्यक्रम संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसको नेपाल भ्रमणको कार्यतालिकालाई ध्यान दिँदै आजको लागि सारिएको हो।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६