प्रदेश

कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ



कपिलवस्तु, १५ कात्तिक ।
​कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् ।

प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए । उनले यही कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : १५ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६