प्रदेश

कपिलवस्तु-३ मा कांग्रेसको महासमिति सदस्यमा विवाद, पुननिर्वाचन गर्न माग



कपिलवस्तु, १६ कात्तिक । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनौटको विषय विवादित बनेको छ । विधि विपरित महासमिति सदस्य चयन गरिएको भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ ।

आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनको माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठकनै नबोलाई केन्द्रीय सदस्य रूपा विक को उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि विरेन्द्र कनौडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनौट गरेको कुरा जानकारीा आएको भन्दै उनीहरूले सो कार्य पार्टीको विधान विपरित रहेको दाबी गरेका छन् ।


त्यस्तै दलित कोटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी विकले अहिले खुल्ला महिला क्लस्टरमा आफूलाई विधान विपरित सिफारिस गरेको पनि निवेदनमा उल्लेख छ । महासमिति छनौट प्रक्रिया अलोकतान्त्रिक, विधान विपरथ र जनताको भावना विपरित भएको भन्दै अहिलेको सिफारिस कार्यान्वयन नगरि पुर्ण सहमति वा निर्वाचनको माध्यमबाट महासमिति सदस्य छनौटको व्यवस्था मिलाइदिन माग गरिएको छ ।

यसरी माग गर्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे, नैनकला रेग्मी, प्यारमोहमत मिया , राधिका माली लगात छन् । साथै उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले संघीय चुनाव मा उम्मेदवार सिफारिस गरे बापत सिफारिस गरिएका उम्मेदवार बाट अनुचित रूपमा सस्थागत नभई ब्यक्तिगत रूपमा केहि उम्मेदवारबाट पैसा उठाएको र अन्य सिफारिस उम्मेदवार बाट केहि रकम माग गरेर आफ्नो पदको दुरुपयोग गरि आर्थिक लाभ लिएको भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि जनाएका छन् ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६