अर्थ-वाणिज्य

१० बर्षिय कार्ययोजना पारित : मायादेवि साझेदारी बनको १वर्षको कारोवार ९ करोड




कपिलवस्तु १९ कार्तिक । कपिलवस्तुको मायादेवि साझेदारी बनले एक वर्षमै ९ करोड आम्दानी गर्ने र सोही अनुपात मै खर्च गर्ने नीति तथा कार्यक्रम सहित १० वर्षको बन कार्ययोजना पारित गरेको छ । सोही साझेदारी बन उपभोक्ता समूह पटनाको ११ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका सांसद बिष्णु पन्थीले पछिल्लो समय कपिलवस्तुमा बन अतिक्रमण चुनौती बन्दै गएको बताउनुभयो । कपिलवस्तुको मायादेवी बनजंगल संरक्षण गरे सवै चिजको सन्तुलन मिल्ने बताउनुभयो । वाणगंगा नगरपालिकाको पटना क्षेत्रमा बढ्दो अतिक्रमण रोक्न सवैको साथ सहयोग चाहिने उहाले बताउनु भयो । विगतमा प्रदेश सरकारले जग्गा लिजमा लिएर व्यावसायिक प्रवर्धन र कृषि पेशालाई प्रोत्साहन गर्दा कोही तयार नभएको र सफलता नमिलेको बताउनुभयो ।
वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले समूहले गरिबी न्यूनिकरण, महिला सशक्तिकरण र सामुदायिक विकासको कार्यमा साझेदारी बनले स्थानीय सरकारसंग समन्वय र सहकार्य गरेर जानुपर्ने बताउनुभयो । कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बनमा चोरी निकासी बढिरहेकाले यसको नियन्त्रणमा सवै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।डिभिजन बन कार्यालय तौलिहवाका प्रमुख विजयराज सुवेदीले बन समूहको करोडौंको श्रोत पारदर्शी ढंगले नियमअनुसार परिचालन गर्नुपर्नेमा जोड दिनुभयो । सव डिभिजन बन कार्यालय पिपराका प्रमुख शिव बहादुर केसीले बनको १० वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रवक्ता तथा वडा न. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेल, शुद्धोधन गाउँपालिकाका २ का वडा अध्यक्ष मनोज कुमार यादव, मायादेवी ३ का वडाध्यक्ष शैलेन्द्र कुमार यादव लगाएतको उपस्थिती रहेको थियो । समूहको ११ औं साधारण सभाले १० वर्षे कार्ययोजना पारित गर्दै ९ करोड बराबरको बार्षिक कार्यक्रम पास गरेको छ । मायादेवी साझेदारी बन उभोक्ता समूहका अध्यक्ष ई.दिनेश प्रसाद कलवार जयसवालको अध्यक्षता तथा सदस्य गोविन्द प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६