कृषि

तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचनको मिति तोकियो




कपिलवस्तु २० कार्तिक ।कपिलवस्तुको तौलिहवा स्थित तौलिहवा उद्योग बाणिज्य संघको निर्वाचन आउने मंसिर १३ गतेकालागि तय गरिएको छ । उद्योग बाणिज्य संघको कार्यालयमा तेश्रो पटककालगि बोलाइएको बन्द सत्रमा सो मिति तोकिएको हो । बन्द सत्रमा महासचिव अर्जुन चापागाईले मौखिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष संदीप श्रीवास्तवले ४ बर्षको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संघमा कुल १ हजार ४१३ सदस्य आबद्ध छन । अधिबक्ता राजु श्रीवास्तवलाई निर्वाचन मण्डलको संयोजकको जिम्मेवारी दिइएको छ । संघमा एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, महासचिव, कोषध्यक्ष, सचिव तथा ४ जना सदस्यको निर्वाचन हुनेछ । मनोनयन पत्र मंसिर ५ गते दर्ता हुने कार्यक्रम रहेको निर्वाचन भण्डलका संयोजक श्रीवास्तवले बताए।

प्रकाशित : २० कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६