खोज–अनुसन्धान

भूकम्प प्रभावित क्षेत्रका मेयरले भने हेलिकप्टर आतंक बन्द गर




दाङ २१ कार्तिक । भूकम्पको इपिसेन्टर जाजरकोटको भेरी नगरपालिकाका मेयर सीपी घर्तीले हेलिकप्टर आतंक बन्द गर्न चेतावनी दिएका छन् ।नगरपालिकाभित्रका भुकम्प प्रभावितलाई ५ हजार त्रिपाल माग्दा संघीय सरकारले बेवास्ता गरेकोमा आक्रोशित बनेका मेयर घर्तीले स्थानीय विपद व्यवस्थापन समितिको अधिकार नमिच्न समेत चेतावनी दिएका छन् ।भुकम्प प्रभावित क्षेत्रमा भिआइपीको हेलिकप्टरको ओहोरदोहोर बढी भइरहेको तर राहतको काम हुन नसकेकोमा मेयर घर्तीले लगातार असन्तुष्टि जनाइरहेका छन् ।मंगलबार साँझ उनले सामाजिक संजालबाट बिभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकप्टर आतंक बन्द गर्न भनेका हुन् । उनले संविधानले व्यवस्था गरेको स्थानीय बिपद व्यवस्थापन समितिको अधिकार मिच्ने प्रयास गर्न समेत भनेका छन् ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६