अन्तर्राष्ट्रिय

चीनले घोषणा गर्यो भारतले भन्दा ४ गुणबढी राहत सहयोग




बुटवल २१ कार्तिक । उत्तरी छिमेकी चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ।नेपालस्थित चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत थप सहयोग रकमको घोषणा गरेका हुन्।चीनले यसअघि नै गत शुक्रबार आएको भूकम्पपछि ठूलो मानवीय र भौतिक क्षति भोगेका जाजरकोट र रूकुम पश्चिमका प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको थियो।उक्त राहत सामग्रीको पहिलो खेप सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको छ।

यस्तोमा चीनले नेपालका लागि थप राहत कार्यक्रम घोषणा गरेको हो। राजदूत सोङका अनुसार नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ।चिनियाँ रेडक्रसले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ। जसलाई नेपालका भूकम्पपीडितको राहतमा खर्च गरिने भएको छ।त्यसैगरी चीन सरकारको तर्फबाट थप १५ मिलिनय आरएमबी अर्थात् नेपाली २६ करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय भएको राजदूत सोङले बताए।उनका अुनसार यो रकम नेपालका भूकम्प पीडितका लागि आपत्कालीन मावीय सहायताका रुपमा उपलब्ध गराउने निर्णय भएको हो।चिनियाँ रेडक्रस र त्यहाँको सरकार बाट नेपालका भूकम्पपीडितका लागि थप सहयोगका रुपमा २७ करोड ९३ लाख १० हजार रुपैयाँ उपलब्ध हुने भएको हो।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६