अर्थ-वाणिज्य

बिप्लव समूहले ३ बिघा जग्गामा लगाएको धान प्रजिअ सुबेदीले काटे




दाङ २२ कार्तिक ।नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले उत्पादन गरेको धान दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले काटेका छन् । पार्टीले घोराही– १६, करौंटी डाँडामा लगाएको धान खेतमा पुगेर प्रजिअ सुवेदीले बुधबार धान काटेका हुन् ।खेतमा धान काट्दै प्रजिअ रामबन्दु सुवेदीले पार्टीले उत्पादन गरेको धान खेतमै आएर धान काट्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए । उनले उत्पादन नै समृद्धिको अभियान भएको बताउँदै अब राजनीतिक दलहरूले हरेक ठाउँमा उत्पादन गर्नुपर्नेमा जोड दिए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङकी इञ्चार्ज सम्झना सीले सो अवसरमा आत्मनिर्भर नेता–कार्यकर्ता, आत्मनिर्भर जनता र आत्मनिर्भर देश बनाउने उद्देश्यका साथ पार्टीको केन्द्रीय योजना अन्तर्गत उत्पादनलाई अगाडि बढाएको बताइन् ।उनले पार्टीको पूर्वी दाङले ६ बिघा जग्गा भाडामा लिएर सी बहुउद्देश्यीय कृषि तथा पशुपंछी फर्म दर्ता गरेर ३ बिघा जग्गामा धान खेती र ३ बिघा जग्गामा तोरी खेती गरिरहेको जानकारी दिइन् ।उत्पादन भएको धान काट्न पार्टीका पूर्वी दाङका सेक्रेटरी जनक सी, उत्पादन प्रमुख महान् सी लगायत पार्टी निकट जनवर्गीय संगठनहरुको सहभागिता थियो ।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६