अर्थ-वाणिज्य

योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्‍लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्य नियुक्त




विराटनगर२२ कार्तिक । कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा राजनीतिक विश्‍लेषक एवम् अर्थशास्त्री पुरञ्जन आचार्य नियुक्त भएका छन्।बुधबार अपराह्न बसेको प्रदेश मन्त्रिपरिषद्को‍ बैठकले आचार्यलाई उपाध्यक्ष नियुक्त गरेको हो। मुख्यमन्त्री केदार कार्कीले बुधबार नै आचार्यलाई नियुक्तिपत्र प्रदान गरे।त्रिभुवन विश्‍वविद्यालयबाट अर्थशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका आचार्य विराटनगर महानगरपालिका(८ निवासी हुन् । विद्यार्थीकालमा नेविसंघको राजनीतिमा सक्रिय उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र पार्टीका सभापति हुँदा स्वकीय सचिव थिए ।
उनले सन् १९८९ देखि १९९४ सम्म नेपाल रेडक्रसको क्षेत्रीय प्रबन्धक र १९९५ देखि १९९८ सम्म प्लान इन्टरनेसनलको टिम लिडरको भूमिका निर्वाह गरेका थिए। उनले नर्वेजियन रेडक्रसको सहयोगमा नेपाल रेडक्रसले सञ्चालन गरेको सामुदायिक विकास कार्यक्रममा योजना प्रबन्धकका रुपमा पनि काम गरेका थिए।नवनियुक्त उपाध्यक्ष आचार्यले बुधबार नै जिम्मेवारी सम्हालेका छन्।उनले आफू नेतृत्वको आयोगले भौतिक पूर्वाधार विकाससँगै मानवकेन्द्रित विकासमा जोड दिने बताए। उनले प्रदेशका आदिवासी, जनजाति, पिछडिएका तथा निसहाय वर्गको उत्थानमा आयोग केन्द्रित हुने उल्लेख गरे।

प्रकाशित : २२ कार्तिक २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६