अर्थ-वाणिज्य

भूकम्पको केन्द्र विन्दु जाजरकोट तर सबैभन्दा बढी घरमा क्षेती भने रुकुम पश्चिममा




रुकुम पश्चिम २३ कार्तिक । गत शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५० घर आंशिक रुपमा भत्किएका हुन् । पूर्ण र आंशिक रुपमा घर भत्किएका परिवार खुला ठाउँमा बस्न बाध्य छन् । आंशिक रुपमा भत्किएका घरहरु पनि लगातारको परकम्पले भत्किने क्रम चलिरहेको छ । लगातारको परकम्पका कारण घर नभत्किएकाहरु पनि घर छाडेर सुरक्षित ठाउँमा बस्दै आएकाले भूकम्पका कारण विस्थापित हुनेहरुको संख्या अझै धेरै भएको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् । सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण र नौ हजार ९ सय ६१ घर आंशिक रुपमा भत्किएका छन् ।

जाजरकोटमा एक हजार एक सय ७० घर पूर्ण र सात हजार १ सय ६६ घर आंशिक रुपमा भत्किएका छन् । सल्यानमा एक सय २९ घर पूर्ण र चार सय १८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् । भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । १९ जनाको प्रादेशिक अस्पताल सुर्खेत र ४६ जनाको नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ८ जना र १ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६