खोज–अनुसन्धान

लुम्विनीमा सबैभन्दा ब्यवस्थित राजधानीको झल्को आउने निश्चित ,१० मन्त्रालयको भवन निर्माण तिब्र रफ्तारमा



देउखुरी २३ कात्तिक । लुम्विनी प्रदेश सदरमुकाममा सबैभन्दा ब्यवस्थित प्रदेश राजधानीको झल्को आउने शहर निर्माण छिटटै पुरा हुने निश्चित भएको छ । १० मन्त्रालयको भवन निर्माण तिब्र रफतारमा अघि बढेपछि यस्तो तथ्य वाहिर आएको हो । लुम्बिनी प्रदेश सरकारको प्रशासनिक केन्द्र राप्ती उपत्यका देउखुरीमा स्थायी संरचना निर्माण कार्यले तीब्र गति लिएको छ । अहिले लुम्बिनी प्रदेशमा प्राविधिक शिक्षालयको संरचना प्रयोग गरेर प्रशासनिक कामकाज भइरहेको छ । दुई वर्षको अन्तरालमा प्रदेश सरकारले स्थायी संरचनाबाटै आफ्नो कामकाज सुरु गर्ने लक्ष्य बनाएको छ ।

गत वर्ष मङ्सिर १९ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी सारिएको थियो ।त्यसअघि खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय पनि सरिसकेको थियो । प्रदेश सरकारको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएपछि प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानीमा स्थापना गरेर कामकाज गरिरहेको छ । लुम्बिनी प्रदेश सभा भवन प्राविधिक विद्यालयको क्षेत्रमै स्थापना गरिएको छ । करिब तीन अर्ब बढीको लागतमा मुख्यमन्त्री कार्यालयसहित १० वटा मन्त्रालयको भवन निर्धारित समयअगाडि नै हस्तान्तरण गर्ने गरी काम भइरहेको जनाइएको छ ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित सात वटा मन्त्रालयको भवन निर्माणको काम आधाभन्दा बढी सकिएको छ । अब तीन वटा मन्त्रालयको भवनको जग खन्ने काम सुरु भएको छ । करिब तीन अर्ब नौ करोड २९ लाख ३८ रुपियाँ लागतमा सुविधासम्पन्न मन्त्रालय भवन निर्माणको काम भइरहेको छ । २०८२ साल पुस २८ गते भवन निर्माण काम सम्पन्न गर्ने सम्झौता भएको छ ।
लिफ्टसहित अपाङ्गतामैत्री, खानेपानीलगायत सम्पूर्ण सुविधा भएको भवन निर्माण हुन लागेको ग्रामीण तथा सहरी विकास मन्त्रालयले जनाएको छ ।

अन्य मन्त्रालयका लागि भवन पाँच तलाको हुने छ । त्यहाँ पनि अन्डरग्राउन्ड पार्किङ र लिफ्ट जडान गरिने छ । १७ बिघा १९ कट्ठा चार धुर जग्गामा प्रदेशको प्रशासनिक केन्द्र फैलिएको छ । निर्माण कम्पनीले प्रशासनिक भवन निर्माणको कामलाई गति प्रदान गरेकाले निर्धारित समयभन्दा अगाडि नै सम्पन्न हुनेमा मन्त्रालय विश्वस्त रहेको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सूचना अधिकारी विधान अर्यालले बताउनुभयो ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६