खोज–अनुसन्धान

प्यूठान कारागारलाई देशकै नमुना बनाउन सांसद गिरीको बिशेष पहल : पुस्तकालय भवन र पुस्तक जुटाउने उद्घोष




प्युठान २२ कात्तिक । लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले प्युठान कारागारमा रहेका कैदीबन्दीलाई पुस्तक पढ्ने वातावरण बनाउन अभियान थाल्नुभएको छ । निकट भविश्यमा छुटटै पुस्तक वनाउने गरी हाल “कारागारमा पुस्तक अभियान” मार्फत गिरीले अहिले विभिन्न निकायबाट पुस्तक सङ्कलन गरिरहनुभएको छ ।उहाँले आफ्नो जन्मदिनको अवसरमा यो अभियान थालनी गर्नुभएको हो ।अभियानलाई अघि बढाउन जिल्लाकै खलङ्गा सरोकार समूहले समन्वय गरेको छ ।
कारागार प्रमुख सूर्य पन्तसँग छलफल गरी पुस्तकालयलाई व्यवस्थित रूपमा सञ्चालन गर्न लागिएको सांसद गिरीले बताउनुभयो । पुस्तकालय कारागारमा नभएकाले राम्रो ¥याक बनाउने कुरा भएको उहाँले बताउनुभयो । पीडित सेवा सङ्घले २०७१ सालमा स्थापना गरेको पुस्तकालय जीर्ण भइसकेको छ ।यो अभियानमा अरू व्यक्तिहरूले समेत पुस्तक दिन चासो दिएको सांसद गिरीले बताउनुभयो । अभियानलाई प्रदेशका १२ वटै जिल्लामा रहेका कारागारमा पुस्तकालय बनाउने गरी अघि बढाउने सोचमा रहेको समेत उहाँले बताउनुभयो ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६