खोज–अनुसन्धान

साइवर अपराध मुद्धामा पक्राउ परे यूटयूवर मनोज




भक्तपुर २३ कार्तिक । सामाजिक सञ्जालमा चरित्र हत्या गर्दै ब्ल्याकमेलिङ गर्ने युटुवर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत काठमाडौंले आज मनोजलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।
युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रकाशण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा पक्राउ गरी अदालतमा पेश गर्दा सात दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिनुभयो ।रायका अनुसार निवेदनमाथि अनुसन्धान तथा प्राविधिक बिश्लेषण गर्दा साइबर अपराध लाग्ने देखिएपछि मनोजलाई पक्राउ गरिएको हो । मनोजको नागरिकतामाथि समेत प्रश्न उठेको बताइएको छ ।

प्रकाशित : २३ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६