खोज–अनुसन्धान

लुम्विनीमा ४ प्रतिशत महिलामा पाठेघर क्यान्सर पत्ता लाग्यो




घोराही २५ कात्तिक ।लुम्विनी प्रदेशमा भएको एक परिक्षणमा ४ प्रतिशत महिलामा पाठेघर क्यान्सर पत्ता लागेको छ । आर्थिक वर्ष २०७९÷८० मा प्रदेशका कुल १२ जिल्लामा करिब ४१ हजार ४२५ जना महिलाको पाठेघरको मुखको क्यान्सर भए÷नभएको परीक्षण गर्दा एक हजार ४९९ जनामा क्यान्सरको सङ्केत देखिएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले जानकारी दिनुभएको छ । प्रतिशतमा हेर्दा यो ४ प्रतिशत हुन आउछ । यो संगै लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको देखिएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले एक वर्षको अवधिमा विभिन्न जिल्लामा गरेको परीक्षणले पाठेघरको क्यान्सरको जोखिम बढ्दै गएको जनाएको छ । यो भनेको महिलाको पाठेघरको मुखमा हुन सक्ने क्यान्सरको सङ्केत हो । निर्देशक गिरीले भन्नुभयो, “असुरक्षित यौन सम्पर्कसँगै सरसफाइमा ध्यान नदिँदा पाठेघरको मुखको क्यान्सरको जोखिम बढेको देखिन्छ ।” उहाँका अनुसार गत वर्ष प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देही जिल्लामा परीक्षण गर्दा पाठेघर क्यान्सरको सङ्केत देखिएको थियो । १० हजार ४०८ जना महिलाको पाठेघरको मुखको परीक्षण गर्दा ६३२ जना महिलामा क्यान्सरको लक्षण देखिएको निर्देशक डा. गिरीले बताउनुभयो ।

प्रकाशित : २५ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६