खोज–अनुसन्धान

वामएकता असफल अभ्यास हो दोहोर्‍याउनु हुन्न : शंकर पोख्रेल



काठमाडौं २६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी पूर्णरूपमा ‘मिसन ८४’ मा केन्द्रित भएको बताएका छन् । नेपाल टकमा पोखरेलले वाम एकता तथा चुनावी तालमेलबारे अहिले केही नसोचेको बताए ।अहिले नै चुनावी तालमेल, वामपन्थी एकता कुरा अहिले गरिरहेका छैनौं । विगतमा दुई पार्टीलाई एकता गर्‍यौं सम्भव भएन’, उनले भने, ‘नेताहरूको टाउको जोडेर एकता गर्ने, बलियो शक्ति बनाउने कुरा यसअघि सम्भव भएन । त्यही चिज दोहोर्‍याउनु उचित हुन्न । हरेक राजनीतिक दलभित्र इमान्दार देशभक्त प्रगतिशील विकास र समृद्धिको चाहना राख्नेलाई एमालेको वरपर गोलबन्द गर्ने कुरामा ध्यान केन्द्रित गरेका छौं ।’
राजनीतिक ध्रुवीकरणमा जोड दिँदै महासचिव पोखरेलले मुलुकमा धेरै नभई बलिया राजनीतिक दलको आवश्यकता औंल्याए ।
उनले भने, ‘मिसन ८४ मा हामी नीतिगत नेतृत्वको पक्षमा छौं । कुनै पनि गठबन्धनका पक्षमा छैनौं । कांग्रेसलाई पनि भन्न चाहन्छौं( साना दलहरू राजनीतिमा हाबी हुने अवस्थासम्म मुलुकले सुशासन र विकास, समृद्धि प्राप्त गर्न सक्दैन । विकास र समृद्धिको लागि नीतिगत नेतृत्वको आवश्यकता पर्छ । नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दल चाहिन्छ । राजनीतिक ध्रुवीकरण अपरिहार्य छ । त्यो दिशातर्फ जानुपर्छ ।’महासचिव पोखरेलले गठबन्धनबाट बाहिर आए कांग्रेसलाई साथ दिन तयार भएको प्रष्ट्याए ।
गठबन्धनबाट बाहिर आएकै कारण हामीले प्रचण्डलाई पनि साथ दियौं उहाँ टिक्न सक्नुभएन । कोशीमा पनि दिएकै हो । तर, गठबन्धनलाई साथ दिएपछि हामी आफैँ बाहिर निस्क्यौं । यद्यपि मुख्यमन्त्रीको चाहना त्यसैलाई राष्ट्रिय स्वरूप दिएर जाउँ भन्ने थियो । राष्ट्रिय सहमति पनि हुन नसक्ने, गठबन्धनलाई पनि बोकेर एमाले हिँड्नुपर्ने त्यो कुरा प्रतिपक्षीय दृष्टिकोणबाट उचित हुँदैन । हामीले अस्वीकार गर्‍यौं ।
कांग्रेस यही गठबन्धनमा अघि बढिरहे मुलुक अझै संकटमा पर्ने उनको जिकिर छ ।
त्यसमा कांग्रेसले रियलाइज गर्नु जरुरी छ । कांग्रेसले महसुस नगर्दासम्म यही असफल गठबन्धन निरन्तर रहन्छ । हामीले तिमीहरूको गठबन्धन असफल भयो विकल्प खोज भनेर कुरा त हुन्छ । तर, हाम्रो जोडबल अहिले सरकारमा छैन । हामी ८४ मै एमालेलाई पहिलो पार्टी बनाउने अभियानमा केन्द्रित छौं ।’

प्रकाशित : २७ कार्तिक २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६