अन्तर्राष्ट्रिय

सिमानाका ठप्प पारेर महालक्ष्मीका अढाईसय मूर्ति एकैसाथ विसर्जन



कपिलवस्तु ३० कार्तिक ।तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको ढाई सय महालक्ष्मीको मुर्ति बिसर्जन गरिएको छ । तिहारको अवसरमा गत आईतवार लक्ष्मी पुजाका दिन बिषेश पुजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मुर्ति निकालिएको थियो । जिल्ला प्रहरी कार्यालय अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ४९ मुर्ति प्रर्दशनकालागि निकालिएको थियो । ती मुर्तिहरुलाई स्थानीय नदी नाला, पोखरीमा बिसर्जन गरिएको हो । बुधवार १ सय ७० र बिहीवार ७० मुर्ति बिसर्जन गरिएका छन । ९ मुर्ति भने शुक्रवार बिसर्जन गर्ने कार्यक्रम छ । दशैका बेला दुर्गाभगवती निकाल्ने चलन पहिले देखि नै चलि आएको छ । तिहारमा भने बिगत केही बर्ष अघि सम्म थारै मात्र निकाल्ने चलन थियो ।

तर अहिले भने तिहारमा समेत महालक्ष्मीको मुर्ति निकाल्ने चलन बढदै गएको हिन्दु धर्मगुरु बताउछन । गएको दशैमा साढे ३ सय बढी दुर्गा भगवतीको मुर्ति निकालिएको थियो । सुरक्षा संबेदनशील मानिएको कृष्णनगर र महाराजगंज क्षेत्रमा शान्तिपुर्वक मुर्ति बिसर्जन गरिएको प्रजिअ शंकरहिर आचार्यले बताए । सुरक्षा संबेदनशीलतालाई मध्यनजर गरी कृष्णनगर र महाराजगंजमा ब्यापकहरुपमा सुरक्षकर्मी परिचालन गरिएको थियो । त्यहा नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसंधानका कर्मचारीहरु परिचालन भएका थिए । नेपाल र सशस्त्र प्रहरी गरी महाराजगंज र कृष्णनगरमा ७ सय बढी सुरक्षाकर्मी परिचान भएको जिल्ला सुरक्षा समितिका सदस्य तथा सशस्त्र प्रहरी उपरिक्षक जीवन केसीले बताए ।

उता कृष्णगनरमा भने शान्ति सुरक्षामा अत्यन्तै संबेदनशील मानिएको कपिलवस्तुको कृष्णनगरमा देबी लक्ष्मी माताको मुर्ति बिसर्जनकोक्रममा सिमा नाकामा दिनभर बिशेष कडाई गरिएको थियो ।कृष्णनगरमा मुर्ति बिसर्जनकोक्रमा हरेक गतिबिधि ड्रोन, सिसि टिभि र आधा दर्जन क्यामेराहरु परिचलन गरिएका थियो । जिल्ला सुरक्षा समितिको पुरै टोली कृष्णनगरमा दिनभर बसेका थिए । कृष्णगनरमा बिहीवार १९ वटा लक्ष्मीको मुर्ति बिसर्जन गरिएका छन । मुर्ति बिसर्जन कार्य शान्तपुर्वम संपन्न भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । शान्ति सदभाव कायम गर्न कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहको संयोजकत्वमा ९ सदस्यीय समिति समेत निर्माण गएिको थियो । मुर्ति बिसर्जनलाई मध्यनजर गर्दै भारतीय समकक्षी सुरक्षाकर्मी संग समेत समन्वय गरिएको थियो । शान्ति सुब्यवस्था कायम गर्न कार्तिक २८ देखि ३० गते सम्म जिल्लाभर मदिरा बिक्री बितरण र सेवनमा समेत रोक लगाइएको थियो ।

प्रकाशित : ३० कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६