घोराही ३० कात्तिक ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने बताउनुभएको छ । दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचेनीमा स्थानीयवासीसँग भेट गर्नुहुँदै मन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताउनुभयो । उहाले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउन नसके गणतन्त्र औचित्यहिन हुने स्पष्ट पार्नु भयो ।निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चारलगायतका विकास निर्माणका कामहरु गरिरहेको भन्नुहुँदै आगामी दिनमा थप काम हुने बताउनुभएको छ ।
मन्त्री शर्माले भौगोलिक रुपमा पहाडी क्षेत्र भएकाले बंगलाचुली गाउँपालिकामा धेरै समस्याहरु रहेको बताउदै ती समस्याहरु समाधानका लागि आफुले सकेजति पहल गरिरहेको र कामहरु पनि भइरहेका छन् बताउनु भयो ।बंगलाचुली आफ्नो निर्वाचन क्षेत्र पनि भएको र निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको बताउनुभयो । आफुले निर्वाचन जितेपछि आफ्नो क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको भन्नुहुँदै आगामी दिनहरुमा पनि विकास निर्माणका कामहरु हुने जानकारी दिनुभयो ।
त्यसैगरी मन्त्री शर्माले प्युठान र घोराहीलाई जोड्ने मुख्य सडकका रुपमा रहेको घोराही–मुर्कुटी–प्युठान सडकको गुणस्तर सुधारका लागि समेत पहल गर्ने बताउनुभयो ।भेटघाट कार्यक्रममा बंगलाचुली गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले बचनीको खानेपानी समस्या, घोराही–मुर्कुटी–प्युठान सडक खण्डको अवस्था सुधारलगायतका समस्याका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया