खोज–अनुसन्धान

तस्करले सुरक्षागस्ती हुने क्षेत्रमै दुईवटा गैँडा कसरी मारे ?



चितवन १ मंसिर । तिहार अगाडि तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिंगे गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैँडा मारेका हुन् ।गैँडालाई धरापमा पार्न ठुलो खाल्डो खनिएको छ । खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्तीले समेत थापा नपाउनु रहस्यमण देखिएको छ ।
एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैँडा तस्करले मारेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए । दुबैको खाग भने काटिएको अवस्थामा रहेको छ ।तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारी खाग र खुर काटेर लगेको पाइएको उनले बताए ।
दुई गैँडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका छ ।गैँडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६