अर्थ-वाणिज्य

नेपालमा २६ प्रतिशत पुरुषले मात्र मदिरा नपिउने एक अध्ययनको निष्कर्ष



चितवन २ मंसिर । नेपाली पुरुषहरुमध्ये ७४ प्रतिशतले हरेक महिना मदिराजन्य पदार्थ पिउने एक अध्ययनले देखाएको छ । नेपाल जन सांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले ७४ प्रतिशत पुरुषले एक महिनामा कम्तिमा एक पेग मदिराजन्य पदार्थ सेवन गर्ने तथ्य सार्वजनिक गरेको हो ।यसक आधारमा हेर्दा २६ प्रतिशत पुरुषले मात्र मदिरा नपिउने गरेको पाइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समय अघि सार्वजनिक गरेको नतिजा अनुसार २० प्रतिशत पुरुषले दुईदेखि ३ पेग र ६ प्रतिशत पुरुषले चार पेग वा सो भन्दा बढी मदिरा सेवन गर्ने गरेका छन् । भने महिला भने महिनामा ११ प्रतिशतले मदिरा सेवन गर्ने तथ्यांक रहेको जनाइएको छ ।

नेपालमा मदिरा मात्रै होइन सूर्तीजन्य पदार्थको प्रयोग पनि पुरुषहरुले ज्यादा गर्ने गरेका पाइएको छ । अध्ययनको नतिजा अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका ५ प्रतिशत महिलाले सूर्तीजन्य पदार्थ सेवन गर्छन् भने सोही उमेर समूहका २८ प्रतिशत पुरुषले सूर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेका छन् ।

‘सूर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरु मध्ये १७ प्रतिशतले दैनिक धुमपान गर्छन् भने ११ प्रतिशतले कहिलेकाँही गर्छन्, अध्ययन प्रतिवेदनमा भनिएको छ, — दैनिक चुरोट पिउनेमध्ये ५४ प्रतिशत पुरुषले ५ वटाभन्दा कम, २५ प्रतिशतले ५ देखि ९ र २१ प्रतिशतले दिनमा १० वटा वा सो भन्दा बढी चुरोट पिउने गर्छन् ।

प्रकाशित : २ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६