खोज–अनुसन्धान

१७ बर्षपछि शान्ति सम्झौताका बाँकी कामहरू टुंगोमा पुर्‍याउने सहमति



कपिलवस्तु ६ मंसिर ।शीर्ष तीन राजनीतिक दलहरूबीच शान्ति सम्झौताका बाँकी कामहरू टुंगोमा पुर्‍याउनेबारे सहमति भएको छ।शान्ति सम्झौताको १७ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सो सहमति भएको हो।
उनीहरूबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा भेटवार्ता भएको थियो। सो भेटमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक ९टीआरसी०बारे सहमति भएको हो। ‘विधेयक संसद्‌मा छ, तीनशीर्ष नेताले शान्ति सम्झौता भएको दिन टीआसीलाई अघि बढाउने जेनेरल अन्डरस्टान्डिङ गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले नेपालखबरसँग भने, ‘हिउँदे अधिवेशनमा विधेयक पास हुन्छ। आज त्यही सन्देश उहाँहरूले दिनुभएको छ।’सरकार र तत्कालीन विद्रोही नेकपा माओवादी बीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १७ वर्ष पूरा भएको छ। विसं २०६३ मंसिर ५ गते शान्ति सम्झौता भएको थियो।

‘शान्ति सम्झौताको मर्म अनुसार शान्ति प्रक्रियाको बाँकी कामहरू टुंगोमा पुर्‍याउनेबारे उहाँहरूबीच सहमति जुटेको हो,’ उनले भने।तीन शीर्ष नेताबिच सहमती जुटेसँगै अब हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा पास हुने सम्भावना छ। संसद्‌को कानुन न्याय तथा मानवअधिकार समितिमा रहेको उक्त विधेयक संसद्‌मा पेस गरेर पारित गर्नुपर्ने हुन्छ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६