बर्दिया ६ मंसिर । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । गेरुवा गाउँपालिका(६ सोनाहफाँट बस्ने ४० वर्षीय प्रकाश खवासलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।खवासले ती किशोरीलाई ललाई फकाई कात्तिक २८ गते राति सोही ठाउँस्थित खाली गोठमा तथा विभिन्न मिति र स्थानमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मनाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
६ मंसिर २०८०, बुधबार
प्रतिक्रिया