अर्थ-वाणिज्य

नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर कक्षा संचालन



कपिलवस्तु ६ मंशिर ।कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको नेपाल आदर्श बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालनमा आएको छ । त्रिविले शैक्षिक सत्र २०८०।८१ को लागि पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको लागि पढ्न इच्छुक विद्यार्थीहरूको लागि आवेदन खुल्ला गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष लंक बहादुर हमालले बताउनुभयो ।क्याम्पसले एमएडको अनुमति केही समय पहिला लिएको भए पनि कोरोना लगायत विभिन्न कारणले सञ्चालन नभएकोले यस वर्ष देखि सुरु गरिएको हमालले बताउनुभयो ।

यस क्षेत्रमा विद्यार्थीहरूलाई स्नातकोत्तर पढ्न अन्य ठाउँमा जानुपर्ने बाध्यता अब हटेको उहाँले बताउनुभयो ।सञ्चालक समिति र प्राध्यापकहरूको मेहनतका कारण जिल्लाको पश्चिमी क्षेत्रमा उच्च शिक्षा अध्ययनको गन्तव्य नेपाल आदर्श बहुमुखी क्याम्पस रहेको उहाँको दाबी छ । हमालले क्याम्पसमा फर्निचर,थप एउटा बस लगायत भौतिक संरचना समेत आवश्यक रहेकोले समाधानको लागि विभिन्न निकाय सँग माग गरिएको बताउनुभयो ।

क्यापसमा कम शुल्कमा स्नातकोत्तर अध्ययन गराउने योजना अनुसार सञ्चालन गरिएको क्याम्पस प्रमुख हेमराज शर्माले बताउनुभयो । आगामी वर्ष स्नातकोत्तर तहको लागि अन्य विषयहरूको पनि अनुमति आउने शर्माको भनाई छ ।पाठ्यक्रम र मूल्याकंन शिक्षा विषयको आवेदन फारम खुल्ला भइसकेकोले विद्यार्थीहरूलाई अनलाइन मार्फत फारम भर्न एम एड कार्यक्रम संयोजक श्रीधर आचार्यले आग्रह गर्नुभयो । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई अवसर भएको भन्दै क्याम्पसमा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६