खोज–अनुसन्धान

१४ औं कपिलवस्तु महोत्सवको तयारी एक तिहाई पुरा



कपिलवस्तु ६ मंशिर । १४ औं कपिलवस्तु महोत्सवको तयारी एक तिहाई पुरा भएको छ । यही मंसिर २१ देखि पुष १ गतेसम्म युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ १४ औं कपिलवस्तु महोत्सव बाणगंगा नगरपालिका ४ बुद्धरंग शालामा हुदैं छ । महोत्सवको तयारी करिब ३० प्रतिशत भएको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष समेत रहेका महोत्सवका संयोजक राजकुमार खाँणले बताए ।खाँणले विगतका बर्षहरुको तुलनामा भन्दा १४ औं कपिलस्तु महोत्सव पृथक हुने बताए । उनले यस क्षेत्रको ‘अर्थतन्त्रलाई चलायमान गराउँन महोत्सवले टेवा पुग्ने र उद्योगी, व्यवसायको प्रवद्र्धन गर्दै उद्योगी व्यवसायीलाई केही राहत दिने बताए ।

महोत्सव स्थलमा कम्पाउण्ड घेर्ने र स्टल निर्माण गर्ने काम धमाधम भईरहेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहाले बताए । रोकाहाले क्रमश मञ्च, सचिवालय, प्रवेश गेट निर्माणको कामलाई तिव्रता दिइने बताए । रोकाहाले विशेष गरी कपिलवस्तु जिल्लाका ऐतिहासिक सम्पदाको प्रचारप्रसारसँगै हस्तकलाको प्रदर्शनसंगै शैक्षिक प्रदर्शनी र कृषि प्रदर्शनीलगायत महोत्सवमा हुने बताए । विगतका महोत्सवमा रहदै आएका विभिन्न खानाका परिकार, बालउद्यान जस्ता गतिविधिलाई निरन्तरता दिइने उनले बताए ।
यसैबीच बाणगंगा वेयलफेयर सोसाइटीले भोली बिहीबार ठूली एकादशीका अवसरमा चारनम्बर चोकमा देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । संस्कृति जर्गेना गर्दै विगतमा निरन्तरता दिइदै आएको भैलो कार्यक्रमलाई निरन्तरता दिइने १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खडक क्षेत्रीले बताए ।क्षेत्रीले भोली बिहीबार साँझ ६ बजेदेखि राती १०ः०० बजेसम्म आयोजना हुने कार्यक्रममा सहभागी भई अवलोकन गरीदिन कपिलवस्तु वासीलाई अपिल गरे ।

प्रकाशित : ६ मंसिर २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६