धनगढी ७ मंसिर । कैलाली प्रहरीले बैंक एकाउन्ट ह्याक गर्ने गिरोहलाई धनगढीबाट पक्राउ गरेको छ ।धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयमै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । गिरोहका ९ जना लाई प्रहरीले पक्राउ गरेपनि परिचय खुलाएको छैन् ।प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि यी गिरोहलाई पक्राउ गर्न सफल भएको जानकारी दिए ।पक्राउ परेका व्यक्तिबाट १० वटा ल्यापटप बरामद गरिएको छ । उनीहरुमाथि सोधपुछ भइरहेको हुदाँ अन्य कुरा अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
७ मंसिर २०८०, बिहिबार
प्रतिक्रिया