काठमाडौ ८ मंसिर ।जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएका छन्।प्रसाईं काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए।‘उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको हो,’ उनले भने, ‘उहाँको सुरक्षा चुनौती विश्लेषण गरेर घरमा पनि सुरक्षा प्रदान गरिएको हो। नजरबन्द गरिएको छैन। उहाँ पत्रकार सम्मेलन गरेर बसिरहनु भएको छ, अफवाह फैलाइरहनु भएको छ। कानुनलाई चुनौती दिइराख्नु भएको छ।प्रसाईंलाई शान्तिपूर्वक चल्ने गरी अघि बढ्न उनले सुझाव दिएका छन्।
प्रसाईंले कार्यक्रम गर्न तीनकुनेमा अनुमति नलिएको पनि बस्नेतले बताए। ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हक र बिना हातहतियार भेला भएर शान्तिपूर्वक कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै हामीले यस्ता अराजक भिड, जसले कानुन हातमा लिन खोजिराखेको छ। त्यस्ता समूह र व्यक्तिलाई चेतावनीस्वरूप अनुमतिबिना कार्यक्रम गर्न पाइँदैन भनेका छौं,’ उनले भने, ‘अराजक भिड दुर्गा प्रसाईंजीको नियन्त्रणभन्दा बाहिर छ।’
८ मंसिर २०८०, शुक्रबार








प्रतिक्रिया