अर्थ-वाणिज्य

नगरको आन्तरीक आय दोब्बर पार्न सकिन्छ : मरासीनी



कपिलवस्तु ९ मंसिर । बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनिले बाणगंगालाई देशकै एक नमुना नगर वनाउन जनप्रतिनिधी , कर्मचारी र नागरिक संघ सस्था बीच उचित समन्वय हुनु पर्ने वताउनु भएकोछ । सामुदायिक टेलिभिजन बुद्ध आवाजको समय सन्दर्भ र्काक्रममा बोल्दै उहाँले यस्तो वताउनु भएको हो । उहाँले नगरको विकासको काम को चर्चा गर्दै अगाडी भन्नु भयो , “नगर चक्रपथ पुरा भएसंगै वस तथा जीप संचालनको ब्यवस्था नगरवाट मिलाइने छ । ”
उहाँले नगरमा आएका प्रशासकिय अधिकृत लामो समय नवसेको विषयमा जानकार रहेको वताउदै आफू भने सबै पक्षको समन्वय र सन्तुलनवाट कम्तीमा २ वर्ष सम्म बाणगंगा मै बस्ने स्पष्ट पार्नु भयो ।मरासीनिले चक्रपथ निर्माण,डम्पीङ साइट संचालन, बस पार्क संचालन , बुद्धरंगशाला र मायादेवी रंगशालको निर्माण सम्पन्न , प्रदेशकै सबै भन्दा ठूलो कृषि उपज संकलन केन्द्र निर्माण , वाणगंगा नदीमा डयाम निर्माण जस्ता महत्वपूर्ण योजना एकैसाथ अघि बढेकोले नगर देशकै उत्कृष्ट नमुना वन्ने स्पष्ट पार्नु भयो ।
प्रमुख प्रशासकिय अधिकृत मरासीनीले नगरको चालु आर्थिक बर्षको आन्तरीक आयलाई अर्काे वर्षमा दोब्बरले बृद्धि गर्न सकिने आधार दखेको समेत वताउनु भयो । वाणगंगाको ब्यवासायीक कर घरकर तथा वाहल कर संभवत कपिलवस्तुका सबै नगर भन्दा कम रहेको वताउदै यसलाई पनि समय सापेक्ष रुपमा समायोजन गर्नु पर्ने वताउनु भयो । नगरलाई समृद्ध बनाउन नागरिकको पनि उत्तिकै भुमिका रहने बताउनु भयो । नगरलाई राम्रो र हाम्रो नगर बनाउन निरन्तर सकारात्मक सुझावका कहि कतै कमजोरी भए नागरिकले नगरलाई सचेत पार्नु पर्ने उहाँले धारणा राख्नु भयो ।

प्रकाशित : ९ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६