कपिलवस्तु ९ मंसिर।वाणगंगा नगरपालिकाको आयोजनामा राजमार्ग क्षेत्रमा दिप प्रज्वलन तथा कोणसभा सहितको महत्वपूर्ण कायक्रम राखेर लैंगिक हिसा विरुद्धको’ १६ दिने अभियान शुरु भएको छ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा सहितको कोण सभा तथा दिप प्रज्वलन कार्यक्रममा बोल्दै बाणगां नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले महिलामाथिको नियन्त्रणको दायरा अझ पनि कसिलो देखिएकाले यस्तो मानसिकता परिवर्तन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । नगरले यो अभियान सधैभरी अघि वढाएर महिला हिंसा मुक्त नगर वनाउन तयार रहेको मेयर अर्यालले वताउनु भयो ।
कार्यक्रमका उपमेयर रीता चौधरीले मानिस शिक्षा र चेतनाले सभ्य हुनुपर्नेमा झन् असभ्य र हिंस्रक बन्दैगएको अनुभूति भएको बताउनुभयो । उहाँले समय जति प्रगतिशील र विकसित हुँदैछ, महिला हिंसाको स्वरूपमा झन् अमानवीय र क्रूर बन्दैगएकाले अब महिला सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान पर्ने बताउनुभयो । नगरको महिला तथा वालवालिका शाखा प्रमुख शुसिला पन्तले सहजीकरण गरेको कार्यक्रममा महिला बालवालिका समितीका सदस्य टोपकला विसीले सबैलाई स्वागत गर्दै सामुहिक हातेमालोवाट अघि बढ्न आग्रह गर्नु भयो । 
कार्यक्रममा संचारीका समुह लुम्विनीका पूर्ब अध्यक्ष एवम बुद्ध दर्पण दैनिकका सम्पादक एवम पार्वती पाण्डेले समाजमा सचेतना र अभिमुखीकरण गराउँदै महिला अब सजग बन्नुपर्ने बताउनुभयो । उहाँले महिलाविरुद्ध हुने हिंसाले प्रायः महिलालाई व्यक्तित्व विकास र प्रगति, सामाजिक, आर्थिक र राजनीतिक विकासमा पूर्ण योगदान गर्नबाट रोक्ने बताउनुभयो । कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासीनी , नगरका जनप्रतिनिधि, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहि , सहकारी अभियन्ता तेज प्रसाद आचार्य , अधिकारकर्मी इन्दीरा भट्राई , नागरिक समाजका धर्मराज घिमिरे , एकल महिलाका जिल्ला अध्यक्ष रुपा राई , इन्सेक प्रतिनिधि पार्वती आचार्य लगायतका संस्थाका प्रतिनिधी ,महिला संघ संस्था, सुरक्षाकर्मी लगायतका प्रतिनिधिको सहभागिता थियो ।








प्रतिक्रिया