खोज–अनुसन्धान

कपिलवस्तुमा नवौं उद्योग दिवस , उत्पादन बदाउन स्थानिय सरकार लगानीका अबसरको खोजीमा : मरासिनी



कपिलवस्तु १० मंसिर । कपिलवस्तुमा नवौं उद्योग दिवस कार्यक्रम एक कार्यक्रम विच मनाइएको छ । घरेलुु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजनामा जिल्लाको जितपुर चार नम्बरमा रहेको कपिलवस्तु उद्योग वाणिज्य सघंको सभाहलमा उद्योग दिवस कार्यक्रम सम्पन्न भएको घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुका प्रमुख प्रेम गौतमले जानकारी दिनु भयो । बाणगंगा नगरपालिकाका प्रमुख प्रशाकिय अधिकुत भक्तिराम मरासिनीले सबै साना उद्योगी ब्यावसायीहरु उत्पादन वृद्धि गर्नुपर्न स्थानीय सरकार लगानीका अबसर्को खोजिमा रहेको बताउनु भयो ।
सो कार्यक्रममा उद्योग बाणिज्य महासघंका परिषद सदस्य उमनाथ पौडेल, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरे, समाजसेवी तथा ब्यवसायी फुल कुमारी श्रेष्ठ लगायतले उद्योग दिवसको अवसरमा मन्तब्य दिनु भएको थियो ।स्वागत मन्तव्य घरेलुका अधिकृत बिष्णु पोख्रेलले दिनु भएको थियो ।
कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग उद्यम विकास सहजकर्ता विनय शैनीले गर्नु भएको थियो । कार्यक्रममा पालिकाका प्रतिनिधिहरु, साना उद्योगीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६