अर्थ-वाणिज्य

मंसिर १४ देखि हुने बुद्धभूमि महोत्सवको तयारी अन्तिममा :आज पत्रकार सम्मेलन हुदै



कपिलवस्तु१० मंसिर । यहि मंसिर १४ देखि २४ गतेसम्म बुद्धभूमिमा सन्चालन हुने कृषि पर्यटन तथा औधोगिक प्रदशनी २०८०को सबै तयारी अन्तिम समयमा पुगेको भन्दै आज पत्रकार सम्मेलन रखियको आयोजक सस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घले जनाएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा हुने महोत्सवको नारा “देश निर्माणमा व्यापारको आवश्यकता सामाजिक एकता कृषि तथा पर्यटन प्रर्वधन मा जुतौ सारा भन्ने रहेको छ । संचालन हुने मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुनेछ भने स्थानीय व्यवसायलाई विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको मेला मुल आयोजक समितिका संयोजक तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लेखनाथ घर्तिले बताउनुभयो । मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने अध्यक्ष घर्तिले बताउनुभयो ।
मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् । मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन बुद्धभुमि डान्स आइडल, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६