खोज–अनुसन्धान

सरकार संकटमा परेपनि लुम्बिनीमा मन्त्रालय थपिन्न : सभापति पुन




कपिलवस्तु १० मंसिर ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सरकार संकट मै परेपनि लुम्बिनी प्रदेशमा मन्त्रालय नथप्ने अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आइतबार तानसेनमा राखेको पत्रकार भेटमा बोल्दै सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।
सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।
मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने कांग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रविन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।
उनले कतिपय अवस्थामा माओवादीले बराबरी भाग माग्दा मन्त्रिपरिषद् बिस्तारमा समेत समस्या भएको बताए । लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीमन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पु¥याउन दुई मन्त्रालय थप्नुपर्छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६