दाङ ११ मंसिर । स्थानीय सरकाले सीप र प्रविधी सिकाएर टोलटोलमा स्वरोगारको संख्या उच्च पार्न सकेमा विदेशीने क्रम रोकिने लमहीका मेयर जोगराज चौधरीलेवताएका छन् । उनले लमही नगरपालिका त्यहि अनुसार अघि बढेको दावि गरेकाछन् । प्रमुख चौधरीले आत्मनिर्भर बन्नका लागि कुनै न कुनै सीप आर्जन गर्न जरुरी रहेको बताएका छन् । आफूसंग सीप भएपछि आफ्नो घर व्यवहार राम्रोसँग चलाउन सकिने नगरप्रमुख चौधरीले बताए ।हामीलाई अवसर देउ, परिश्रम गरेर देखाउने छौं” भन्ने मुल नाराका साथ आयोजना गरिएको उज्यालो सर्फ बनाउने तीन दिने तालिमको समापन कार्यक्रममा नगर प्रमुख चौधरीले सो कुरा बताएका हुन् ।
तीन दिने सर्फ उत्पादन गर्ने तालिम अत्यन्त उपलब्धि मुलक भएको तालिममा सहभागी गोमा घर्ती मगरले बताए । यो तालिमले उर्जा मिलेको भन्दै आगामी दिनमा पनि यस्तै प्रकारका तालिमको आयोजना गरेर शारीरिक अपांगता भएका व्यक्तिहरुको हौसला प्रदान गर्ने र आर्थिक पाटोमा समेत टेवा पुर्याउने कुरामा आफुहरु विश्वस्त रहेको सहभागीहरुको भनाई छ ।
तालिममा अठार जना शारीरिक अपांगता भएका महिला पुरुषको सहभागी रहेको थियो । तीन दिने उज्यालो सर्फ तालिमको प्रशिक्षकमा मनसरी केसी रहेका थिए । श्रीजनशील अपाङ्ग मैत्री संस्था लमहीका अध्यक्ष केशव सापकोटाको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमको सहजीकरण लमही अस्पतालका टेक बहादुर चौधरीले गरेका थिए ।लमही नगरपालिका, नेपाल नेत्र ज्योति संघ, लमही आँखा अस्पताल र एनएविपि नर्वे लगायतको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।
११ मंसिर २०८०, सोमबार
प्रतिक्रिया