भालुवाङ १२ मंसिर । दाङ–देउखुरीको राप्ती गाउँपालिका–७, अर्नाहनपुरमा सञ्चालित परम्परागत रामघाट मेला पछिल्लो समय जुवाको अखडा बन्न थालेको छ ।मेलामा करिब २५–३० वटा खोरखोरे, करिब ३÷४ वटा तासपत्तीबाट समेत जुवाई खेलाई रहँदा स्थानीय प्रहरी प्रशासन र स्थानीय सरकार तथा जनप्रतिनिधि भने मुख दर्शक बनेका छन् । मेलामा रात दिन खोरखोर, तास खेलिरहदा पनि प्रहरी र जनप्रतिनिधि चुप लागेर बसेको नाम नखुलाउने सर्तमा एक स्थानीयले बताएका छन् । ती स्थानीयका अनुसार प्रहरी र जनप्रतिनिधिको मिलोमतोमा जुवा खेलाई रहेको बताएका छन् ।
मेलामा प्रहरीको समेत खासै उपस्थिति देखिदैन । जसले गर्दा मेलामा मनलाग्दी जुवा व्यवसाय फस्टाएको देखिन्छ । मेलामा अन्य थुप्रै खेलौना, बाल उद्यान भएता पनि जुवा खेल्ने ठाउँमा भिडभाड नै देखिएको छ।
१३ मंसिर २०८०, बुधबार
प्रतिक्रिया